Ad Image

काठमाडौंको कालोपुलमा अतिक्रमण गरी बनाइएका ७ संरचना भत्काइए

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1742826431.jpg

काठमाडौं । काठमाडौं महानगरपालिका–७ कालो पुलमा रहेको गुठी संस्थान मातहतका जग्गा अतिक्रमण गरेर बनाइएका सात टहरा भत्काइएका छन् । आज उक्त स्थानमा अवैध रूपमा निर्माण गरिएका सात संरचना भत्काइएका र अन्य तीन संरचना भत्काउन बाँकी रहेका महानगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्यालले जानकारी दिए । 
 

उक्त संरचना भत्काउने क्रममा डोजरमाथि ढुङ्गा मुडा गर्ने तीन जनालाई नियन्त्रणमा लिइएको पनि उनले बताए । उक्त स्थानमा विगत ४० वर्षदेखि बसोबास गरी विभिन्न व्यवसाय सञ्चालन भइरहेका छन् ।  

 

नेपाल प्रहरी, वडा नं ७ का वडाध्यक्ष, स्थानीयबासीको रोहवरमा गुठी संस्थान र महानगरको सहकार्यमा अतिक्रमित संरचना भत्काइएका हुन् । गुठी संस्थानले कामपालाई संरचना भत्काउन सहयोग मागेको जनाइएको छ ।