Ad Image

कुलमानलाई बर्खास्त गर्ने सरकारको कदम बिल्कुल गलत र आपत्तिजनक छ : प्रचण्ड

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1742835169.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोप्रति आपत्ति जनाएका छन् ।  प्रचण्डले कुलमानलाई हटाएर गलत गरेको र आपत्तिजनक विषय भएको बताएका हुन् ।

 

'देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा ऊर्जा विज्ञका रुपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उनको विज्ञता र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट उज्यालो नेपाल निर्माण गर्न सफल भएको जन–जनमा जानकारी छ । उनै कुलमान घिसिङलाई बाँकी बक्यौता जनताको पैसा हो, उठाउनुपर्छ भनेको कारणले लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटक–पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो । तर, आज भने सरकारले मन्त्रिपरिषद्  बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर संचारमाध्यमबाट थाहा हुन आएको छ। आशा गरौं यो खबर असत्य सावित होस्,' उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

 

उनले यो खबर सत्य भएमा सरकारले गलत गरेको दाबी गरेका छन् । यदि यो खबर सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ। कथित दुई तिहाइ बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दछु, उनले भनेका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको निर्देशक बनाएको छ।