कुलमानलाई हटाउने सरकारको निर्णय विनाशकाले विपरीत बुद्धि : नेता कोइराला


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । उनले आज बिहान सामाजिक सञ्जालमा लेखेर सरकारको कुशासनको निरन्तरताको अर्को कडीभन्दै आक्रोश व्यक्त गरेका छन् ।
उनले यो कदमको स्वामित्व कांग्रेसले लिनै नहुने बताए । ‘कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न’, उनले लेखेका छन्, ’यसरी कति दिन चल्ने र चलाउने ? विनाशकाले विपरीत बुद्धि !’