मन्त्री यादवले बनाए वीरगञ्जका मेयरलाई खानेपानी संस्थान सञ्चालक समितिको सदस्य


काठमाडौं । नेपाल खानेपानी संस्थान सञ्चालक समितिको सदस्यमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह नियुक्त भएका छन् । खानेपानीमन्त्री प्रदीप यादवले नगरप्रमुख सिंहलाई मन्त्रीस्तरीय निर्णयबाट खानेपानी संस्थान सञ्चालक समितिको सदस्य पदमा नियुक्त गरेका हुन् ।
नेपाल खानेपानी संस्थान ऐन, २०४६ (संशोधनसहित) को दफा ८ को उपदफा १ (४) बमोजिम सिंहलाई समितिको सदस्यामा नियुक्त गरिएको खानेपानी मन्त्रालयका सहसचिव रामबाबु पुरीले जानकारी दिए ।