महानगरको जरिवाना पत्र निर्मल निवासले लिन मानेन
कामनपाले तीनकुनेमा फाेहाेर र ताेडफाेड गरेको अभियोगमा निर्मल निवासलाई काटेकाे थियो ७ लाख ९३ हजारकाे जरिवाना पत्र
Mayorsap
आइत, चैत १७, २०८१ | १२:१६ बजे

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीनकुनेमा गएकाे शुक्रवार राजावादीहरुले गरेको प्रदर्शनमा भएको तोडफोड तथा प्रदुषणकाे जिम्मेवार पूर्व राजा ज्ञानेन्द्र शाह रहेकाे ठहर गर्दै काटेकाे जरिवानापत्र लिन निर्मल निवासले अस्विकार गरेको छ ।
गत शुक्रबार भएको प्रदर्शनमा फोहोर गरेको भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहलाई महानगरपालिकाले ७ लाख ९३ हजार बराबरको जरिवाना ताेकेकाे छ।
कार्यालय बिदाका दिन अर्थात शनिवार जरिवाना तय गरे पछि महानगरको प्रहरी टोली निर्मल निवास पुगेको थियो । तर, निर्मल निवासले सो पत्र लिन अस्विकार गरे पछि महानगरकाे प्रहरी टाेली यसै फर्किएको छ।