मेयरसाप

बालेन शाह

अर्थ

शिक्षा

काठमाडौं महानगरपालिका

राजनीतिक दल

शिक्षक

मालिका गाउँपालिका

बीउ

महाशिवरात्री

बालमैत्री

बाँफीकोट गाउँपालिका

एसईईको परीक्षा केन्द्र मिलानमा सिराहा शिक्षा समन्वय इकाईका कर्मचारीले पैसा असुलेकाे आराेप

पैसा असुलेर परीक्षा केन्द्र नदिएको भन्दै केही विद्यालयका संस्थापकहरू आक्राेशित

मुकेश कुमार यादव

बिही, फागुन २२, २०८१ | १९:०५ बजे

सिराहा । आगामी चैत्र ७ गतेबाट माध्यामिक शिक्षा ( एसईई)को परीक्षा शुरु हुँदैछ । एसईईको परीक्षा केन्द्र मिलाउन शिक्षा समन्वय ईकाई सिराहाका कर्मचारीले निजी विद्यालयहरुसँग माेटाे रकम असुली गरेको खुलेको छ।


शिक्षा विकास तथा समन्वय ईकाई प्रमुखकै निर्देशनमा परीक्षा शाखा प्रमुख विशाल साह कानुले निजी विद्यालयहरुसँग पायक पर्ने ठाँउमा सेन्टर मिलाइदिने भन्दै मोटो रकम असुलेको तथ्य बाहिरिएको हो ।


परीक्षा शाखा प्रमुख कानुले १५ जनाभन्दा कम विद्यार्थी भएका संस्थागत निजी विद्यालयहरुसँग प्रति विद्यार्थी एक हजारको दरले र सो भन्दा बढी विद्यार्थी भएका विद्यालयहरुसँग प्रति विद्यार्थी पाँचसयको दरले रकम असुलेको विद्यालयका संस्थापकहरुले बताएका छन्।


जम्मा ८५ जना विद्यार्थीको लागि शिक्षा विकास तथा समन्वय इकाईका परीक्षा शाखा प्रमुख विशाल साह कानुलाई आफूले ४५ हजार रकम दिएको एक संस्थागत विद्यालयका संस्थापकले नाम नखुलाउने शर्तमा बताए । उनले भने, ‘मैले भनेकै ठाँउमा परीक्षा केन्द्र मिलाइदिन्छु भनेपछि विद्यार्थी संख्याकै आधारमा विशाल सरलाई पैसा दिएको थिएँ, तर, उहाँले परीक्षा केन्द्र निर्धारणमा बेइमानी गर्नुभयो,  म त छोड्दिन ।',  

उनले आफूले दिएको रकम फिर्ता नगरे पत्रकार सम्मेलन गरी सबै भित्री कुरो सार्वजानिक गर्ने बताए । अर्का निजी विद्यालयका संस्थापक भन्छ, ‘शिक्षा विकास तथा समन्वय इकाईका कर्मचारीहरु जो आएपनि ब्रम्हलुट नै मचाउन खोज्छन्।'

उनले अगाडि थपे, ‘सिरहामा जो जोगी आए पनि कानै चिरेको कथा झै बनेको छ, सिरहाको शिक्षा समन्वय ईकाई।' बिना घुस काम नगरेपछि विद्यालयहरुले पनि बाध्य भएर विद्यार्थीहरुसँग बढी रकम लिने गरेको उनले बताए।


आज सार्वजानिक गरेको परीक्षा केन्द्रहरु मध्ये गोलबजार नगरपालिकामा ४ वटा परीक्षा केन्द्र तोकिएको छ। यस नगरपालिकामा ७ सामुदायिक र १४ वटा संस्थागत विद्यालयका लगभग ९ सय पचास परीक्षार्थी परीक्षामा सहभागी हुँदै छन् ।


सबै विद्यार्थीहरुलाई पालिकाकै परीक्षा केन्द्रमा राख्ने ठाउँ प्रर्याप्त रहेको छ। तर, संस्थागत विद्यालय र इकाई कर्मचारीहरुलाई आर्थिक प्रभावमा पारि पालिका बाहिरका परीक्षा केन्द्रमा लगिएको छ ।  यसले पनि परीक्षा केन्द्र निर्धारण प्रक्रियामा आर्थिक चलखेल भएको पुष्टि गर्छ ।


गोल बजारमात्र हैन, लहान, मिर्चैया, धनगढी, सिराहाका नाम चलेका निजी विद्यालयहरुले आफूले चाहेको ठाउँमा परीक्षा केन्द्र पाउनुले पनि परीक्षा केन्द्रमा आर्थिक चलखेल भएको प्रष्ट बुझ्न सकिन्छ ।


यसै विषयमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सिराहाका प्रमुख दीपक कलौनी र परीक्षा शाखा प्रमुख विशाल साहलाई सम्पर्क गर्दा दुवै जनाको फोन स्विच अफ छ। उनीहरु सम्पर्कमा आउन चाहेका छैनन् ।


माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सिरहाबाट सामुदायिक ९५ र  संस्थागत ९३ वटासहित १८८ विद्यालयहरूका  १० हजार सात सय तीन जना विद्यार्थी सहभागी हुने समन्वय इकाई सिराहाले जानकारी दिएको छ ।


परीक्षालाई व्यवस्थित, मर्यादित र परीक्षार्थीलाई सहुलियत हुनेगरी ४९ वटा परीक्षा केन्द्रहरु निर्धारण गरिएको छ । गत वर्ष ४३ वटा परीक्षा केन्द्र रहेकोमा यस वर्ष प्राविधिक तर्फका परीक्षार्थीका लागि छुट्टै एउटा परीक्षा केन्द्रसहित ६ वटा केन्द्रहरु थपिएको समन्वय इकाईले जनाएको छ।
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology