मेयरसाप

बालेन शाह

अर्थ

शिक्षा

काठमाडौं महानगरपालिका

राजनीतिक दल

शिक्षक

फलेवास नगरपालिका

बसाइँसराइ

रघुगङ्गा गाउँपालिका

श्रमदान

सूर्योदय नगरपालिका

सरकारका असल कामबाट आत्तिएर केही समूहले भ्रमको खेती गरेः मन्त्री अधिकारी

Mayorsap

बिही, फागुन २२, २०८१ | १९:४० बजे

नवलपरासी । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वर्तमान सरकारका विरुद्धमा गलत भाष्य निर्माण गर्न खोजिएको बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकामा कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सवको उद्घाटन गर्दै मन्त्री अधिकारीले सरकारका असल कामबाट आत्तिएर केही समूहले भ्रमको खेती गरेको आरोप लगाए ।

 

“केही समूहले प्रमुख दुई दल मिलेर बनेको सरकारले सबै कुरा बिगारेको जस्तो गरी गलत प्रचार गरेका छन्”, उनले भने । मन्त्री अधिकारीले वर्तमान सरकारले जनताको हितमा काम गर्ने प्रतिबद्धतासहित गठबन्धन गरेकाले २०८४ सालसम्ममा आर्थिक समृद्धिको आधार तय हुने बताए । अहिले देखिएको आर्थिक मन्दी अन्त्यका लागि कृषि उत्पादन वृद्धि गर्दै बजारीकरणको जिम्मा सरकारले लिनेगरी योजना बनेको उनले बताए ।

 

“हामी २०८४ सालसम्ममा समृद्धिको ढोका खोल्ने सङ्कल्पसहित सरकारमा आएका हौँ”, मन्त्री अधिकारीले भने, “गाउँगाउँमा समृद्धि कसरी गर्न सकिन्छ, कृषिबाट के गर्न सकिन्छ भन्नेबारे सरकार चिन्तनशील छ, पक्कै सबैले अनुभूति हुनेगरी प्रगति हुनेछ ।”

 

कृषकले गरेको कामको व्यवस्थापनका लागि मन्त्रालयबाट गर्न सकिने सहयोगका लागि आफू तयार रहेको मन्त्री अधिकारीले बताए । कृषकले केही आम्दानी हुने आसमा गरेको खेती बाट नाफा नै हुन्छ भन्ने नरहेकाले घाटामा जाँदा सरकारले हेर्छ है भन्ने विश्वास दिलाउन लागिपरेको उनको भनाइ थियो ।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology