मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

काठमाडौं दरबार क्षेत्र

विश्व सम्पदा

कोहलपुर नगरपालिका

घरपझोङ गाउँपालिका

वृक्षरोपण

राजेन्द्र लिङ्देनले गणतन्त्रवादीलाई भने - तपाईंहरू मादल बजाएर आएको हो?

Mayorsap

सोम, चैत १८, २०८१ | १३:२२ बजे

काठमाडौं - राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कथा र शब्दजालले अब मानिस नपत्याउने बताएका छन्। 

 

उनले युवापुस्ता यो व्यवस्थाप्रति सचेत र परिचित रहेको बताएका छन्। उनले अब युवापुस्ताले गणतन्त्र उल्ट्याउने बताए। 

 

प्रतिनिधिसभामा बोल्दै उनले गणतन्त्रको नाममा लूट मच्चाइएको भन्दै यो अब युवापुस्ताले नमान्ने बताए। उनले उड्ने प्लेनदेखि बस्ने प्लेन ठाउँसम्म कमिसन खाएको र भ्रष्टाचार गरेको कतै नछिपेको बताए। 

 

उनले नेपाली युवालाई नक्कली भुटानी बनाएर बेच्ने पनि यही व्यवस्थाका पक्षपातीहरूबाट भएको बताए।

 

उनले राजा हटेपछि नारायणहिटीमा कसले व्यापार सुरू गर्‍यो? जगजाहेर रहेको भन्दै प्रश्न गरे। 

 

उनले गणतन्त्रवादीहरू मादल बजाएर आएको हो? भन्दै प्रश्न गरे। उनीहरूले हत्या-हिंसा गरेको कतै नछिपेको बताए। 

 

उनले चैत १५ गते छतमाथि बसेर गोली र म्याद सकिएको अश्रुग्यास हानिएको बताए। उनले यो घटनामा राज्य जिम्मेवार रहेको भन्दै  विश्व समुदाय र मानव अधिकार जमातको ध्यानाकर्षण गराए। उनले न्यायिक छानबिनको माग गरे।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology