मेयरसाप

अर्थ

स्वास्थ्य

राजनीतिक दल

काठमाडौं महानगरपालिका

शिक्षा

शिक्षक

पातारासी गाउँपालिका

रामनगर गाउँपालिका

रेसुङ्गा नगरपालिका

मेयर्स फोरम

डुडुवा गाउँपालिका

महिला टी–२० आई शृङ्खलाः नामिबियासँग हार्‍यो नेपाल

Mayorsap

शनि, फागुन २४, २०८१ | २०:४५ बजे

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिम नामिबियासँग ६ विकेटले पराजित भएको छ । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा आजदेखि सुरु भएको चार देशीय सिरिज अन्तर्गत नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याएको नामिबियाले खेल्ने क्रममा वर्षाले खेल अवरुद्ध भएपछि डक वर्थ लुइस नियम अनुसार १५ ओभरमा ७१ रनको नयाँ लक्ष्य तय भएको थियो । सो लक्ष्य नामिबियाले १४.५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेको थियो ।

 

यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले १९.५ ओभरमा ९२ रन बनाएको थियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक १८ रन बनाएकी थिइन् भने कविता जोशीले १६, पुजा महतोले १३ रन बनाएकी थिइन् । त्यस्तै नामिबियाका बलर विलका एमवाटिल र मेकेलाय एमवाटिलले ३र३ विकेट लिएका थिए भने कायलीन ग्रिनले २ विकेट लिएकी थिइन् । अब नेपालले अर्को खेल आइतबार आयोजक युगाण्डासँग खेल्ने छ ।


             

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology