मेयरसाप

अर्थ

स्वास्थ्य

राजनीतिक दल

काठमाडौं महानगरपालिका

शिक्षा

शिक्षक

बजेट

‘एक घर, एक धारा’

कृषि अनुदान

सूर्योदय नगरपालिका

नवजात शिशु

देव खनालको कप्तानीमा पीएम कपका लागि लुम्बिनीको टिम घोषणा

Mayorsap

शनि, फागुन २४, २०८१ | २१:०० बजे

काठमाडौं । लुम्बिनी प्रदेश क्रिकेट संघले देव खनालको कप्तानीमा पीएम कप खेल्ने टिमको घोषणा गरेको छ । लुम्बिनीले आइतबारदेखि लुम्बिनी प्रदेशमै हुने पीएम कपका लागि देवको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । लुम्बिनीको टिममा देव खनाल (कप्तान), आकाश त्रिपाठी, मृनाल गुरुङ, प्रज्वल थापा, मनिष थापा, सम्राट भुसाल, सुशान्त सिंह थापा, नरबहादुर सार्की, बिरबहादुर घर्ति, रमेश कुर्मी, निर्मल गुरुङ, अजय चौहान, कृष्ण कार्की, सलौद्धीन खान र बिपर्शन केसी रहेका छन् । 

 

लुम्बिनीले आफ्नो पहिलो खेल आइतबार सिद्धार्थ रंगशाला भैरहवामा कोशी प्रदेशविरुद्ध आफ्नो पहिलो खेल खेल्दै छ । आइतबारदेखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन शहरमा हुने पीएम कपमा सात प्रदेश र तीन विभागीयसहित १० टिम सहभागी हुँदै छन् ।    

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology