मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

अर्थ

राजनीतिक दल

शिक्षा

रमेश लेखक

तिलागुफा नगरपालिका

वृक्षरोपण

हनुमाननगर कंकालिनी नगरपालिका

सिद्धिचरण नगरपालिका

काठमाडौंमा पेस्तोलसहित पक्राउ परे लागूऔषध कारोबारी

Mayorsap

मंगल, फागुन २७, २०८१ | २२:१० बजे

काठमाडौं । अभद्र व्यवहार तथा लागूऔषध मुद्दाका प्रतिवादी पेस्तोल र लागूऔषधसहित काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका वडा नं २ भाडगाउँस्थित मीरा तामाङको घरमा डेरा गरी बस्ने ३३ वर्षीय सुदन जोशीलाई प्रहरीले निजको कोठाबाट एक थान पेस्तोल, दुई थान म्यागजिन, १० राउण्ड गोली र २५० ग्राम लागूऔषध पोल्याण्ड र ट्रामाडोल ५०० चक्की बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

 

निज जोशीले कोठामा अवैध हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा ती वस्तु बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । प्रहरीले निजलाई बरामद हतियार र लागूऔषधसहित आज सार्वजनिक गरेको हो । 

 

उनलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको छ । निज जोशीविरूद्ध २०६१, २०६७ र २०६८ सालमा अभद्र व्यवहार कसुर तथा २०६८ र २०७४ सालमा लागूऔषध कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भएको उनले जानकारी दिए । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology