मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

अर्थ

राजनीतिक दल

शिक्षा

निस्दी गाउँपालिका

हिमाली गाउँपालिका

हाटबजार

काठमाडौं महानगरपालिका

स्वास्थ्य

म्याग्दीको मालिका गाउँपालिकाले मनायो स्थापना दिवस

Mayorsap

मंगल, फागुन २७, २०८१ | २२:२० बजे

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले नवौँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । आज गाउँपालिकाले विशेष समारोहको आयोजना गरी गाउँपालिकाको विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मानसहित विविध सांस्कृतिक कार्यक्रमका साथ स्थापना दिवस मनाएको हो । 

 

पालिकाको स्थापना दिवसको अवसरमा आज गाउँपालिकामा सार्वजनिक बिदा दिइएको थियो भने गाउँपालिकाको केन्द्र दरबाङ बजारमा झाँकी सहितको प्रभातफेरी र्‍याली र मूल समारोह आयोजना गरिएको थियो । समारोहको १०६ वर्षीय ज्येष्ठ नागरिक धनमती गुरूङले उद्घाटन गरेकी थिइन् । 

 

गाउँपालिकाले राजनीतिक तथा सामाजिक, शिक्षा, खेलकुद, कृषि, कला संस्कृति, लघुउद्यमलगायत क्षेत्रमा विशेष योगदान दिने व्यक्तिलाई सम्मान गरेको थियो । राजनीतिक तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै तीन जनालाई मरोन्नपरान्त सम्मान प्रदान गरिएको छ । 

 

तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य बलमान पुन, सामाजिक क्षेत्रमा योगदान दिएका शेरबहादुर शेरचन र शिक्षा क्षेत्रमा योगदान दिनुभएका वीरबहादुर कार्कीको सम्मानमा उनको परिवारलाई उक्त सम्मानपत्र प्रदान गरिएको थियो । 

 

कार्यक्रममा राष्ट्रिय खेलकुदमा जिल्लालाई चिनाउने कमला पुन र जमान सिं परियार, ज्येष्ठ नागरिक धनमती गुरूङ, बाँस निगालो तथा चोयाका सामग्री निर्माण गर्ने भरिबहादुर पटेल, व्यावसायिक कृषि क्षेत्रमा योगदान पुर्‍याउने मालिका रेन्बो ट्राउट फर्मका  सञ्चालक पूर्णबहादुर रोका, विसम कृषि फर्मका सञ्चालक भूपेन्द्र शर्मासहित हरेक वडाबाट एकरएकजना लघुउद्यमी र कला संस्कृतिको क्षेत्रमा योगदान दिने व्यक्तिलाई सम्मान गरिएको थियो । 

 

त्यसैगरि कक्षा ८ र १० को परीक्षमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, विद्यालयलाई सम्मान गरिएको थियो भने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई व्यक्तिगत रूपमा रू १० हजार र छात्रा कबड्डीमा समूहमा स्वर्ण दिलाउने छात्राको समूहलाई रू २० हजारसहित सम्मानपत्रद्धारा सम्मान गरिएको छ ।

 

कार्यक्रममा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजाले गाउँपालिकाले स्थापना दिवसको अवसरमा गाउँपालिकाको विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिलाई सम्मान गर्ने संस्कारको सुरूवात गरेको बताउँदै आगामी दिनमासमेत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए । कार्यक्रममा नौमति पञ्चेबाजा, पुख्र्यौली नाचसहित विविध सांस्कृतिक प्रस्तुति राखिएको थियो । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology