मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

अर्थ

शिक्षा

शिक्षक

नाम्खा गाउँपालिका

भजनी नगरपालिका

हर्क साम्पाङ

पठनपाठन

फिदिम नगरपालिका

ताप्लेजुङको मेरिङदेन गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा प्रथम

Mayorsap

मंगल, फागुन २७, २०८१ | २२:२८ बजे

ताप्लेजुङ । प्राकृतिक स्रोत तथा वित्त आयोगको अन्तिम कार्यसम्पादन मूल्याङ्कनमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका जिल्लामा पहिलो स्थान हासिल गर्न सफल भएको छ । आयोगले गरेको स्थानीय तहको सेवा प्रवाह, पारदर्शिता र सुशासन मापन मूल्याङ्कनअनुसार यहाँका नौ वटा स्थानीय तहमध्ये मेरिङदेन ६९ दशमलव १४ अङ्क प्राप्त गरी पहिलो भएको हो । 

 

विशेष गरी समयमा बजेट पेस तथा पारित गर्नुका साथै चालु र पूँजीगत बजेट बढी खर्च गर्न सफल भएको छ भने शिक्षा र स्वास्थ्यका सूचकहरूमा पनि उल्लेखनीय प्रगति हासिल गरेको देखिएको छ । यो उपलब्धिले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन थप प्रेरणा मिलेको गाउँपालिका अध्यक्ष डम्बर हाँगाम्ले बताए । उनले आगामी दिनमा जनतासँगको सहभागिता बढाउँदै पारदर्शिता  र सुशासन प्रवर्द्धन कार्यलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर । 

 

ताप्लेजुङका अन्य स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कनमा पाथीभरा याङ्वरक गाउँपालिकाले ६७ दशमलव ६५,  मैवाखोला गाउँपालिका ६४ दशमलव ६२, आठराई त्रिवेणी गाउँपालिका ५८ दशमलव ६७, फक्ताङ्लुङ गाउँपालिका ५८ दशमलव ६०, फुङलिङ नगरपालिकाल ५६ दशमलव ९६, सिरीजङ्घा गाउँपालिका ५६ दशमलव ४३, मिक्वाखोला गाउँपालिका ४९ दशमलव ४५ र सिदिङ्वा गाउँपालिकाले ४५ दशमलव ७२ अङ्क प्राप्त गरेका छन् ।

 

स्थानीय तहको प्रभावकारी सञ्चालन, पारदर्शिता र सुशासन अभिवृद्धि गर्न गरिने मूल्याङ्कनमा विभिन्न १७ वटा मापदण्ड तोकिएका छन्, जसमा वित्तीय अनुशासन, कार्यकुशलता र सुशासनलाई मुख्य रूपमा समेटिएको जनाइएको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology