Ad Image

ललितपुरकाे वर्कसपमा आगलागी

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741770615.jpg

ललितपुर । ललितपुर महानगरपालिका–२ सानेपा करिडोरस्थित बिना पाण्डेको राजअटो इलेक्ट्रोनिक वर्कसपमा विद्युत् सर्ट भई आज बिहान आगलागी भएको छ । सो आगलागीबाट वर्कसपसँगै जोडिएको पसल र खाजा घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।