नेपाल प्रहरीका २ डीएसपी एसपी बढुवामा सिफारिस
Mayorsap
बिही, फागुन २९, २०८१ | ०८:३२ बजे

काठमाडौं । नेपाल प्रहरीका दुई जना डीएसपी एसपी बढुवाका लागि सिफारिस भएका छन् । बुधबार बढुवा सिफारिस समितिले दुई डीएसपीलाई एसपी बढुवाका लागि सिफारिस गरेको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन शाखाका डीएसपी रबिन कार्की र राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदरबारका ज्ञानेन्द्रबहादुर बस्नेत बढुवाका लागि सिफारिस भएका छन् ।
