Ad Image

रवि लामिछानेले सांसद पद निलम्बन फुकुवा गर्न सभामुखसँग गरे आग्रह

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743489228.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकाइदिन दोस्रो पटक सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन् ।


उनले यसअघि गत माघ १८ गते निलम्बन फुकुवाका लागि आफूले लिखित निवेदन दिएको र आज त्यही निवेदनबारे स्मरण गरेको बताए ।


बिहान सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा भेटेर सभापति लामिछानेले सरकारले राजनीतिक प्रतिशोधका कारण आफूलाई सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएको भन्दै राजनीतिक दलहरूसँग छलफल गरी टुङ्ग्याइदिन माग गरे ।


सभामुख घिमिरेसँगको भेटपछि बाहिरिनेक्रममा सभापति लामिछानेले सञ्चारकर्मीहरूसँग भने, ‘मलाई सरकारले प्रतिशोध साधेर बाजेले कमाएको सम्पत्ति, श्रीमतीले विवाह नहुँदै कमाएको सम्पत्तिसमेतलाई आधार बनाएर मुद्दा दर्ता गरेको छ । त्यसैको आधारमा मेरो सांसद पद निलम्बन भएको छ, यसलाई पुनर्विचार गरिदिनुस् भनेर आग्रह गरेको छु ।’


सभामुख घिमिरेले आफ्नो आग्रहपछि यस्तो विषय भविष्यमा राजनीतिक हतियार बन्न सक्ने चिन्तामा आफू पनि रहेको बताएको लामिछानेले बताए । ुउहाँले मसँग आफू पनि राजनीतिक हतियार बन्न सक्छ कि भन्ने चिन्तामा रहेको बताउनुभयो । दलहरूसँग यसबारे कुरा गर्छु भन्ने आश्वासन दिनुभएको छ ।’


उनले आफ्नो सांसद पद दूषित गर्नका लागि मात्रै सरकारले मुद्दा अदालतमा टिकाएको बताए ।


सकेसम्म संसद्को विषय संसदबाटै टुंग्याउनुपर्ने आफ्नो धारणा राखेकाले त्यसबारे सभामुखलाई आग्रह गरेको बताउँदै लामिछानेले अन्तिम विकल्प अदालत रहेको बताए ।