Ad Image

हुम्लाको नाम्खामा ३९ वटा लोपोन्मुख हिउँ चितुवा भेटिए

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744104033.jpg

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा ३९ वटा  दुर्लभ लोपोन्मुख हिउँ चितुवा रहेको पाइएको छ ।


उकाली तथा तेस्रो ध्रुव संरक्षणले र डिभिजन वन कार्यालय हुम्लाको समन्वयमा गरेको सर्वेक्षणमा ३९ वटा हिउँ चितुवा रहेको पाइएको हो । सन् २०२२ देखि २०२३ सम्म त्यस क्षेत्रमा सर्वेक्षण गरिएको थियो ।


क्यामेरा ट्रयापिङ प्रविधिको प्रयोग गरेर सर्वेक्षण गरिएको उकाली तथा  तेस्रो ध्रुव संरक्षण अनुसन्धानकर्ता प्रमुख तथा रोयलेक्स आर्वडका विजेता रिन्जिन फुन्जोक लामाले जानकारी दिए ।


नाम्खा गाउँपालिकाभर ६१ वटा क्यामेरा ट्रयाप प्रयोग गरी ४७२६ क्यामेरा दिनको सर्वेक्षण गरिएको हिउँ चितुवा अनुसन्धानकर्ता लामाले बताए । यो संरक्षित क्षेत्र बाहिर गरिएको पहिलो सर्वेक्षण हो ।


अनुसन्धानकर्ता लामाका अनुसार नेपाल सरकारले २०२४ देखि २०३० सम्म हिउँ चितुवाको गणना तथा संरक्षणलाई उच्च प्रथामितामा राखेको छ । यस अध्ययनले अभियानलाई प्रर्वद्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।


नेपाल सरकारले राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभाग, वन तथा भू-संरक्षण विभाग तथा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संरक्षण संस्थाहरुको सहकार्यमा अघि सारिएको राष्ट्रिय  हिउँ चितुवा गणना  अभियानमा  यो अध्ययनले प्रत्यक्ष रुपमा योगदान गर्ने वैज्ञानिक आधार प्रदान गरेको छ ।