मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

रेसुङ्गा नगरपालिका

हेटौंडा उपमहानगरपालिका

गोठालो भत्ता

परोहा नगरपालिका

धनगढी उपमहानगरपालिका

एसियन हाईवे सडक विस्तार व्यक्तिको जग्गामा, वर्षौंदेखि न्याय खोज्दै

Mayorsap

बिही, चैत २८, २०८१ | २०:०८ बजे

पथरी । एसियन हाईवे निर्माणका क्रममा मोरङको पथरीशनिश्चरे वडा नम्बर १० स्थित जिरिखिम्तीमा देखिएको जग्गा विवाद सरोकारवालाको ढिलासुस्तीका कारण अझै समाधान हुन नसक्दा स्थानीयवासी थप त्रासमा परेका छन् ।


कानेपोखरी गाउँपालिका र पथरीशनिश्चरे नगरपालिकाको सिमानामा पर्ने जिरिखिम्ती क्षेत्रको मोरङ्गी खोला र डाँस खोलाबीच करिब एक किलोमिटर लामो सडक गलत स्थानमा निर्माण गरिएको स्थानीयको गुनासो छ । नक्साअनुसार हाल सञ्चालनमा रहेको सडकभन्दा करिब २५ देखि ३० फुट दक्षिणतर्फ सडक पर्नुपर्ने भए पनि निर्माणकै क्रममा अर्कै स्थानमा बनाइँदा स्थानीयलाई निरन्तर समस्या व्यहोर्नु परेको हो ।


स्थानीयका अनुसार, आफ्नो घर तथा जग्गाको नक्सामा सडक देखाइएपछि न जग्गा बिक्री गर्न सकेका छन्, न त बैंकिङ कारोबार नै गर्न पाएका छन् । वर्षौंदेखि रहँदै आएको यही समस्याले जिरिखिम्ती क्षेत्रको समग्र विकास निर्माणमा असर परेको स्थानीयको गुनासो छ ।


त्यस्तै, सोही स्थानमा पेट्रोल पम्प सञ्चालनको तयारीमा रहेका केही व्यवसायीले समेत जग्गा विवादकै कारण प्रक्रिया अघि बढाउन नसकेपछि पम्प सञ्चालन हुन सकेको छैन ।


नेपाल सरकारको गौरवको योजना अन्तर्गत सार्क राष्ट्रहरूलाई जोड्ने एसियन हाईवे निर्माणको क्रममा देखिएको यो समस्या समाधान नभएकै कारण हाल सो क्षेत्रमा सडक निर्माण कार्य स्थगित गरिएको छ । तर, मोरङ्गी खोला र डाँस खोलामा बन्ने नयाँ पुल निर्माण कार्य भने अन्तिम चरणमा पुगेको छ, जसले गर्दा स्थानीय अझै बढी चिन्तित छन् ।


सडक निर्माण आयोजना प्रमुख जगत प्रजापति भन्छन्, “समस्या समाधान नभएसम्म जिरिखिम्ती क्षेत्रमा सडक विस्तार नगरिने हो । समाधानका लागि चरणबद्ध छलफल चलिरहेको छ ।”


सन् २०२०–२२ तिर बनेको सो सडक निर्माणमा देखिएको लापरबाहीकै कारण आजसम्म पनि आफूहरू समस्यामा परेको पीडित मदन पोखरेल बताउँछन् ।


हाल दर्जनौं घरपरिवारले यही समस्या भोगिरहेका छन् । वर्षौंदेखि मालपोत तिर्दै आएको आफ्नो जग्गाको समस्या राज्य पक्षबाट समाधान नभएपछि निराश बनेको पोखरेलको भनाइ छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology