Ad Image

चैत १५ को घटनाबारे संसदीय समितिले गृहमन्त्रीसँग छलफल गर्दै

User Image मेयरसाप डेस्क | २ महिना अगाडि
Image of storage/news/1744337213.jpg

काठमाडौं । संघीय संसदको कानून समितिले गृहमन्त्री रमेश लेखकसँग सोधपुछ गर्ने भएको छ। कानून, न्याय तथा मानव अधिकार समितिको आज बस्ने बैठकमा चैत १५ गते भएको राजावादीहरूको प्रदर्शनका बारेमा सोधपुछ गर्न गृहमन्त्री लेखकलाई बोलाएको छ । बैठक बिहान ११ बजे बस्नेछ । उक्त प्रदर्शनमा भएका मानवअधिकार उल्लङ्घनका विषयहरूमाथि आज गृहमन्त्रीसँग छलफल हुने समिति सचिवालयले जनाएको छ ।