दुर्गा प्रसाईं पक्राउ परेको छैन, खोजी जारी छ : नेपाल प्रहरी


काठमाडौं । नेपाल प्रहरीले गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाई हालसम्म पक्राउ नपरेको बताएको छ । बिहीबार राति प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले एक विज्ञप्ति जारी गरी विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाई नेपाल प्रहरीको खोजीको सूचीमा रहेको जानकारी गराएको हो ।
‘दुर्गा प्रसाई पक्राउ’ भन्ने शीर्षकमा प्रकाशन भएका विभिन्न समाचारहरू प्रति ध्यानाकर्षण भएको भन्दै प्रहरीले भ्रामक समाचार प्रकाशन, प्रशारण नगरिदिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछौँ’ विज्ञप्तीमा भनिएको छ ।
