मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

मेलमिलाप केन्द्र

बाढी

नेपालगन्ज उपमहानगरपालिका

हेटौंडा उपमहानगरपालिका

रोजगारी

दुर्गा प्रसाईं र उनका अंगरक्षकलाई काठमाडौं ल्याइयो, आजै म्याद थप गरिने

Mayorsap

शुक्र, चैत २९, २०८१ | १२:५८ बजे

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई काठमाडौं ल्याइएको छ । उनीहरुलाई शुक्रबार झापाको चन्द्रगढी विमानस्थलबाट बुद्ध एयरको जहाजमार्फत काठमाडौं ल्याइएको हो ।

 

बिहीबार भारतमा पक्राउ परेका प्रसाईंलाई आज बिहान १० बजे सीमा क्षेत्रमा ल्याइएको थियो । प्रसाईंको सचिवालयले उनले आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको जानकारी दिएको थियो । यता प्रहरीले भने शुक्रबार बिहान उनीहरुलाई भद्रपुर क्षेत्रबाट पक्राउ गरेको दाबी गरेको छ ।

 

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न गरी राज्य विरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा प्रहरीको खोजिमा रहेका प्रसाईं फरार थिए । उनलाई नेपाल ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो ।

 

प्रसाईंलाई शुक्रबार नै म्याद थप गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीले म्याद थपका लागि आवश्यक कागजात तयार गरिरहेको छ ।

 

 

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology