दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिँदै

काठमाडौं । दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन मुख्य नाइके दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयबाट उनलाई अदालत लगिएको छ । प्रहरीले कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको छ । उनीसँगै पक्राउ परेका बडिगार्ड दीपक खड्कालाई पनि १२ दिन हिरासतमा राख्न प्रहरीले माग गरेको छ ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा हिंसात्मक घटना भएपछि फरार रहेका प्रसाईंलाई प्रहरीले बिहीबार भारतको आसामबाट पक्राउ गरी आज बिहान झापा ल्याइएको थियो । झापाबाट आज नै उनलाई काठमाडौं ल्याएको छ । उनलाई नेपाल ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो ।