Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

मादी नदीमा डुबेर बालकको मृत्यु

User Image मेयरसाप सम्पादकीय | २०८१ चैत २७ गते २१:११
Image of storage/news/1744385186.jpg

तनहुँ । तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–२ दमौली निवासी ११ वर्षीय यमन शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । 

 

पौडी खेल्न गएका शाहीलाई बिहीबार शान्तिनगर तल मादी नदीले बगाएको थियो । बेपत्ता शाहीको बिहीबारदेखि नै खोजतलास गरिएकामा आज साँझ व्यास नगरपालिका–१ स्थित मादीसेती घाट नजिक शव भेटिएको प्रनाउ थापाले बताए । 


Facebook Comments