Ad Image

अहिलेको व्यवस्थाबाट पछाडि फर्कने अवस्था छैन : गगन थापा

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744385849.jpg

भोजपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको व्यवस्थाबाट मुलुक पुनः पछाडि फर्कने अवस्था नरहेको बताएका छन् । आज कांग्रेस भोजपुरको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दैै उनले पुरानो व्यवस्थामा पुनः फर्कन खोज्नुलाई भूतप्रेतको संज्ञा दिए । अब फेरि नेपालमा संवैधानिक राजा बनाउन नसकिने बताउँदै गणतन्त्रलाई संस्थागत गर्न त्यसभित्र देखिएका फोहोरलाई सफा गर्न जरुरी रहेको उनको भनाइ छ । 

 

अहिलेको व्यवस्थामा बढ्दै गएको असन्तुष्टिलाई सुधार गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । विसं २०४६ पछि लाभमा रहेका व्यक्तिको छानबिन गर्न शक्तिशाली आयोगको जरुरी रहेको बताउँदै महामन्त्री थापाले छानबिनमा कांग्रेसका नेता अथवा जोसुकै परे पनि त्यसको भारी कांग्रेसले नबोक्ने बताए । पार्टीको महाधिवेशन तोकिएको समयभित्रै हुनुपर्ने बताउँदै उनले अहिले त्यसका लागि आवश्यक तयारी भइरहेको बताए ।