Ad Image

बलिउड सुपरस्टार सलमान खानलाई फेरी ज्यान मार्ने धम्की

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744630855.jpg

काठमाडौं । बलिउड सुपरस्टार सलमान खानलाई दिइने धम्कीको शृङ्खला सुस्त हुने संकेत देखिएको छैन । अहिले फेरि सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । मुम्बईको वर्ली ट्राफिक डिपार्टमेन्टको व्हाट्सएप नम्बरमा एक अज्ञात व्यक्तिले सलमानलाई मार्ने धम्की दिए र उनको कार बमले उडाउने कुरा पनि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

गत वर्ष सलमानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली हानाहान भएको थियो, त्यसपछि उनलाई विभिन्न माध्यमबाट धेरै पटक धम्की आएको थियो । तर, सलमान खानलाई दिएको यो धम्कीपछि प्रहरी कारबाहीमा लागेको छ । यस धम्कीको पछाडीको घटनामा शंकास्पद दुई युवाको खोजी गरिएको छ ।


रिपोर्टका अनुसार सोमबार अर्थात अप्रिल १४ मा सलमान खानलाई धम्की आएपछि उनको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर दुईजना संदिग्ध युवाको खोजी गरिएको थियो । दुई युवा शङ्कास्पद अवस्थामा घुमफिर गरेको फेला परेपछि मुम्बई प्रहरीले उनीहरूलार्इ नियन्त्रणमा लिएको थियो । कुनै प्रमाण नभेटे पछि शंकास्पद ती युवालाई ५ मिनेटको चेकजाँच पछि जान दिइयो ।


खासमा सन् २०२४ मा सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा गोली हानाहान भएदेखि उनको समस्या बढ्दै गएको छ। यो घटनापछि सलमान खानको सुरक्षा एकपटक फेरि बढाइएको छ । अभिनेताको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर कुनै पनि कार पार्क गर्न अनुमति दिइएको छैन।