Ad Image

सिरियाको पुनर्निर्माणमा सहयोग गर्न यूएई तयार

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744631465.PNG

एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई्र्र्र) ले सिरियाको पुनर्निर्माणमा सहयोग गर्न चाहेको युएईका राष्ट्रपतिले बताएका छन् । अबुधाबीमा आइतबार सिरियाका अन्तरिम नेता अहमद अल–शरासँगको भेटमा नाह्यानले युएईले सिरियाको पुनः निर्माणमा सहयोग गर्न चाहेको बताएका हुन् ।

 

सिरियाले सङ्क्रमणकालीन चरणका चुनौतीहरूको सामना गर्न र सिरियाको पुनर्निर्माण गर्न चाहेको वाम न्यूज एजेन्सीले जनाएको छ। सिरियाली विदेशमन्त्री असद अल–शैबानीले शारासँगको भेटपछि भने, “आज महत्वपूर्ण उपलब्धि हासिल भएको छ ।”

 

सामाजिक सञ्जाल एक्समा गरेको एक पोस्टमा शैबानीले लगानीका क्षेत्रहरू, हवाई यातायातको पुनरुत्थान, र सबै क्षेत्रमा द्विपक्षीय सम्बन्धको सुदृढीकरणका बारेमा जानकारी गराए ।

 

एक दशकभन्दा लामो गृहयुद्धपछि गत डिसेम्बरमा लामो समयदेखि सत्तामा रहेका बशर अल असदलाई सत्ताच्यूत गर्ने क्रममा भएको आक्रमणको नेतृत्व गरेपछि शाराले आफ्नो देशका लागि खाडी राष्ट्रहरूसँग सहकार्यको लागि हात बढाएका छन् ।

 

तर विद्रोहीहरूले असदलाई सत्ताच्युत गरेको केही दिनपछि युएईका राष्ट्रपतिका सल्लाहकार अनवर गार्गाशले सिरियाका नयाँ शासकहरूको इस्लामवादी संलग्नतालाई सरकारले ‘निकै चिन्ताजनक’ महसुस गरेको बताए ।