७५३ वटै स्थानीय तहलाई शैक्षिक सत्र र भर्नाबारे सरकारको परिपत्र
मेयरसाप सम्पादकीय
|
२०८१ चैत ३१ गते २२:१३
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका ७५३ वटै स्थानीय तह तथा ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई ७ बुँदे परिपत्र कार्यान्वयनका लागि आग्रह गरेको छ । केन्द्रले शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ८४ को उपनियम (४) मा रहेको “कसैले पनि शैक्षिक सत्र शुरु नभई विद्यार्थी भर्ना गर्न गराउन हुँदैन” भन्ने व्यवस्थालाई सम्पूर्ण विद्यालयहरूमा कडाइका साथ कार्यान्वयन गर्नु गराउनु हुन अनुरोध गरेको छ ।




Facebook Comments