Ad Image

वर्ल्ड इकोनोमिक फोरमको ग्लोबल लिडरमा अटाइन् उपमेयर सुनिता डंगोल

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744736085.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल विश्वका युवा नेताहरुको सूचीमा अटाएकी छन् । विश्वका विभिन्न विधाका युवाहरु समेट्ने वर्ल्ड इकोनोमिक फोरमले मंगलबार विश्वका विभिन्न देशका मन्त्रीहरू, सांसद, वैज्ञानिक, व्यापारी,उद्यमीसँगै सुनिताको नाम पनि ग्लोबल लिडरमा समावेश गरेको हो ।स्थानीय लिपिहरूको संरक्षणदेखि राजधानीको उपप्रमुख समेतको स्थानमा आउन सफल भएको भन्दै फोरमले विश्वका ११४ युवाहरूमध्येमा डंगोल पनि पर्न सफल भएकी हुन् ।
 
वर्ल्ड इकोनोमिक फोरमले डंगोलबारे आफ्नो वेबसाइटमा सानै उमेरदेखि सार्वजनिक जीवनमा सक्रिय रहेकी, स्थानीय लिपिहरूको संरक्षणका लागि युवाहरूको नेतृत्वमा सञ्चालित ‘क्यालिजात्रा’ अभियान सुरु गरेकी, मिस नेवा प्रतियोगिता जितेकी र काठमाडौं महानगरपालिकाको सिटी प्लानिङ आयोगमा हालसम्मकै कान्छी सदस्यका रूपमा नियुक्त भएकी लगायतका विषय उल्लेख गरेको छ ।

 

२९ वर्षको उमेरमा सुनिताले काठमाडौं उप–महानगरकी उप–प्रमुख पदमा देशभरका ७५३ पालिकामध्ये सबैभन्दा बढी मतान्तरले विजयी भएको विषयलाई पनि फोरमले उल्लेख गरेको छ । पछिल्ला वर्षहरूमा उनले अक्सफोर्ड विश्वविद्यालय र वर्ल्ड टुरिज्म सिटिज फेडेरेसन सम्मेलनजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा नेपालको प्रतिनिधित्व गर्दै विचार प्रस्तुत गरेको सन्दर्भ पनि फोरमले उल्लेख गरेको छ ।