Ad Image

पहिरोले राप्ती राजमार्ग अवरुद्ध, पहिरो पन्छाउने काम हुँदै

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744873701.jpg

सल्यान । लगातार दुई घण्टा परेको वर्षात्‌सँगै आएको पहिरोले राप्ती राजमार्ग अवरुद्ध भएको छ । कपुरकोट गाउँपालिकाको चोरखोला नजिकै पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।


राजमार्ग अवरुद्ध हुँदा करिब एक घण्टादेखि दर्जनौं यात्रुबाहक गाडी र त्यसमा सवार यात्रु बाटैमा रोकिएका छन् ।


वर्षात्‌पछि खसेको पहिरोले सडक अवरुद्ध भएपछि अहिले जेसिबी लगाएर पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।


सडक स्तरवृद्धिको काम भइरहेकोले सामान्य पानी पर्दा पनि पहिरो खस्ने समस्याले उक्त सडक खण्डमा यात्रुलाई आउजाउ गर्न सकस भइरहेको छ ।