Ad Image

'एनजी' आएको विद्यार्थीका लागि काठमाडौँ महानगरपालिकाले पुनः परीक्षा सञ्चालन गर्ने

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1745136856.jpg

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले कक्षा ८ को आधारभूत शिक्षा (जेडी) ग्रेडवृद्धि परीक्षा २०८२ को नतिजा 'एनजी' आएको विद्यार्थीका लागि पुनः परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ।


परीक्षा बैशाख ८ गतेदेखि हुने जानकारी दिँदै महानगरले सम्बन्धित विद्यालयलाई परीक्षा तयारी तथा सञ्चालनमा आवश्यक सहयोग गर्न एक सूचनामार्फत निर्देशन दिएको छ।


परीक्षा केन्द्र सम्बन्धित विद्यालयमै रहनेछ भने उत्तर पुस्तिका संकलन, प्रश्नपत्र व्यवस्थापन लगायतका कार्यहरु विद्यालयको प्राचार्यमार्फत हुने जनाइएको छ।


साथै उत्तरपुस्तिका र प्रमाणपत्र शिक्षा विभागमा बैशाख १६ गतेभित्र बुझाउनु पर्नेछ।