अध्यक्ष र नेताहरूलाई अविलम्ब रिहा गर्न राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदै गरेका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेतालाई पक्राउ गरिएकोमा अविलम्ब रिहाइको माग गरेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट पार्टीको आन्तरिक बैठक सकेर कार्यक्रमस्थल बिजुली बजारतर्फ पैदल जाने क्रममा प्रशासनले राप्रपा अध्यक्ष लिङ्देनसहित वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई सिंहदरबार भित्रै गिरफ्तार गरेको राप्रपाले जनाएको छ ।
पार्टीको आधिकारिक सामाजिक सञ्जाल फेसबुकमार्फत् राप्रपा नेताको रिहाइको माग गरिएको छ ।