Ad Image

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1745230168.jpg

काठमाडौं । अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ परेका छन् ।आईबार  बेलुकी सुनसरी, धरान उपमहानगरपालिका-१५ त्रिशुलमार्गबाट लागूऔषध ट्रामाडोल ३ सय ९ ट्याब्लेट र स्पास्पेन ३ सय ट्याब्लेट सहित २ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।

 

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीया रेसु राई र २९ वर्षीय सन्तोष साह रहेका छन् । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले को २० प ३६८३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

 

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-४ एयरपोर्ट नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय उत्तम पाण्डे समेत ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरको हो ।

 

कैलाली, धनगढी उपमहानगरपालिका-२ भन्सार नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ७ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने २ जना किशोरहरूलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बा ६४ प ९३४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 


नवलपरासी पूर्व, मध्यविन्दु नगरपालिका-१० अरुणखोला जंगलबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय एम्पुल, नुर्फिन १ सय एम्पुल र फेनारागन १ सय एम्पुल सहित कास्की पोखरा महानगरपालिका-२९ बस्ने २३ वर्षीय कमल घिमिरेलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको ना ७ ख ३५२६ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका छन् ।