Ad Image

परीक्षणमा गुणस्तरहीन भेटिएपछि बजारबाट दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1745231584.jpg

काठमाडौं । औषधि व्यवस्था विभागले बजारबाट पेटसम्बन्धी समस्या निको पार्ने दुई औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन जारी गरेको छ । ‘पिलपान ४० एमजी’ र ‘एसीटप ४० एमजी’ नामक दुई औषधि परीक्षणका क्रममा गुणस्तरहीन पाइएको हो ।


उक्त ब्याच नम्बर भएका औषधि सिफारिस, बिक्री–वितरण तथा प्रयोग नगर्न र नगराउन सबैलाई विभागले अनुरोध गरेको छ ।


विभागले बजार अनुगमनका क्रममा संकलित नमुना राष्ट्रिय औषधि प्रयोगशालाबाट परीक्षण गर्दा उक्त ब्याच नम्बरका औषधि न्यून गुणस्तर पाइएको जारी सूचनामा उल्लेख छ ।


औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री–वितरण रोक्का गरी उक्त ब्याचका औषधि बजारबाट तुरुन्त फिर्ता गर्न र त्यसको विवरण विभागमा पेस गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिलाई सूचनामार्फत निर्देशन दिइएको छ ।