Ad Image

नेप्से परिसूचकमा ९‍‍.९६ अङ्कको गिरावट

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1745316379.jpg

काठमाडौँ । मङ्गलवार नेप्से परिसूचक घटेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक ९.९६ अङ्क घटेर २६८८.३२ विन्दुमा झरेको छ । त्यस्तै,  सेन्सेटिभ इण्डेक्स ३.९१ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स ०.८६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अङ्कले घटेको छ ।


कारोबारमा आएका ३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार कित्ता शेयर ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार रुपैयाँ बराबरको २ खरिदबिक्री भएको छ ।


नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। सोमबार ८ अर्ब ७७ करोडको शेयर खरिदबिक्री भएको थियो ।


१३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। अन्य उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।


आजको कारोबारमा दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।


मकर जितुमाया सुरी हाइड्रोपावरको शेयर मूल्य करिब साढे ७ प्रतिशत बढेको तर कर्पोरेट डेभलपमेन्ट बैङ्कको शेयर मूल्य १० प्रतिशत घटेको छ ।


कारोबार रकमका आधारमा ङादी ग्रुप पावर कम्पनीको  ४४ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।