Ad Image

गभर्नर छनोट सिफारिस समिति सदस्यबाट विजयनाथ भट्टराईले दिए राजीनामा

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1745317809.jpg

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका लागि गभर्नर छनोट सिफारिस समितिका सदस्य तथा पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन् ।


मन्त्रिपरिषद्ले गत चैत ११ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । समितिमा पूर्व गभर्नरका रूपमा भट्टराई र विज्ञ सदस्यका रूपमा विश्व पौडेल सदस्य रहेका थिए ।


एक महिनासम्म एउटा बैठकसमेत बस्न नसकेपछि समितिबाट राजीनामा दिएका हुन् । उनले समितिको भूमिकालाई नजरअन्दाज गरिएकाले आफू समितिमा नबस्ने निर्णय गरेको भट्टराईले बताए ।


उनले अब समितिमा बस्नुको अर्थ नभएकाले आजैदेखि लागू हुने गरी समितिमा नबस्ने निर्णय गरेको बताए । उनले राजीनामा समितिका संयोजक तथा अर्थमन्त्री पौडेललाई ह्वाट्सएपमा पठाइसकेको बताए ।


समिति संयोजकलाई लिखित राजीनामा अर्थ मन्त्रालयमा पठाउने तयारी रहेको बताए ।