Ad Image

ढुंगेअड्डामा पाँचपोखरी यातायातको बसमा आगलागी

User Image Mayorsap | ४ हप्ता अगाडि
Image of storage/news/1745483964.PNG

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका, ढुंगेअड्डामा बसमा आगलागी भएको छ । ढुंगेअड्डा पिपलबोट नजिकै कलंकीबाट थानकोट जाँदै गरेको बा. प्र.०३–०१–००५ ख ९७८६ नम्बरको बसमा आगलागी भएको हो ।

 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पाँचपोखरी यातायातको सार्वजनिक बसमा फाइबरमा तार सर्ट भएर आगलागी भएको हो । चन्द्रागिरी नगरपालिकाबाट दमकल बाेलाएर आगो निभाएको प्रहरीले जनाएको छ ।

 

बस जलेर पूर्ण रुपमा क्षति भएको छ । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।