Ad Image

निजी मेडिकल कलेजलाई कुनै पनि सहयोग नगर्ने स्वास्थ्य मन्त्रीको चेतावनी

User Image Mayorsap | ४ हप्ता अगाडि
Image of storage/news/1745487359.PNG

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकलाई सरकारी सरह भत्ता नदिए निजी मेडिकल कलेजलाई कुनै पनि सहयोग नगर्ने चेतावनी दिएका छन् । नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकका प्रतिनिधिसँग कुरा गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

 

उनले सरकारले आवासीय चिकित्सकलाई निर्वाह भत्ता ८ औं तहको हुने भन्ने निर्णय गरे पनि निजी मेडिकल सञ्चालकले नटेरेको बताए । छलफलमा मन्त्री पौडेलले सरकारले गरेको निर्णयलाई कार्यान्वयन नगरे मन्त्रालयबाट पनि कुनै सहयोग नहुने चेतावनी समेत दिए ।


 

मन्त्री पौडेलले सरकारले गरेका निर्णय कार्यान्वयन नहुने अवस्था धेरै आएकाले कार्यान्वयन गराउने पक्षले सोच्न जरुरी भएको समेत बताए । उनले निजी मेडिकल सञ्चालकले सेवा मुलकभन्दा पनि व्यापारको हिसाबले मात्रै हेरेको आरोप समेत लगाएका छन् ।