Ad Image

पहलगाम आक्रमणमा संलग्न रहेका भनिएका ठोकर र आसिफ शेखको घर विस्फोटमा ध्वस्त

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745562359.jpeg

एजेन्सी । पुलवामा जिल्लाको त्रालका बासिन्दा आसिफ आसिफ शेख पहलगाम आक्रमणको षड्यन्त्रमा संलग्न भएको आशंकामा भारतीय सुरक्षा अधिकारीहरूले उनको घर ध्वस्त पारिदिएको छ । पहलगाम आक्रमणमा संलग्न रहेको विश्वास गरिएको लश्कर-ए-तैयबा (एलईटी) का आतंककारी आसिफ शेखको घर बिहीबार राति जम्मू-कश्मीरमा ध्वस्त पारिएको छ। यद्यपि, समाचार एजेन्सी पीटीआईले विस्फोटमा दुई लश्कर-ए-तैयबाका घरहरू ध्वस्त पारिएको जनाएको छ।

 

पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै लेखेकाे छ, 'सुरक्षा बलहरूले दुई लश्कर 'आतंककारी'हरू - आदिल हुसेन ठोकर र आसिफ शेख - को घरमा खोजी अभियान चलाइरहेका थिए, त्यतिकैमा घर भित्र पहिले नै राखिएको विस्फोटक पदार्थ विस्फोट भयो।'

 

विस्फोटका कारण घरहरू ध्वस्त भएको रिपोर्टमा खुलाइएको छ। दक्षिण कश्मीरको अनन्तनाग जिल्लाको बिजबेहरा ब्लकका आदिल हुसेन ठोकर मंगलबार भएको पहलगाम आतंकवादी हमलाका मुख्य अभियुक्त मध्ये एक भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । पुलवामा जिल्लाको त्रालका निवासी आसिफ शेख आक्रमणको षड्यन्त्रमा संलग्न भएको आशंका गरिएको छ।

 

आदिल हुसेन ठोकरलाई मोस्ट वान्टेड घोषित गरिएको छ, र अनन्तनाग प्रहरीले उनको गिरफ्तारीसँग सम्बन्धित कुनै पनि विशेष जानकारी दिनेलाई २० लाख भारुको इनाम दिने घोषणा गरेको छ। यस मुद्दामा दुई पाकिस्तानी नागरिकलाई पनि मोस्ट वान्टेड घोषित गरिएको छ।

 

आदिल हुसेन ठोकर को हुन्?

 

आदिल हुसेन ठोकरले २०१८ मा पाकिस्तानको यात्रा गरेको बताइएको छ, जहाँ उनले गत वर्ष जम्मू कश्मीर फर्कनु अघि आतंकवादी तालिम लिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

 

प्रहरीहरुले थोकरलाई "राम्ररी प्रशिक्षित र युद्धमा दृढ" पाकिस्तानी आतंककारीहरूबाट प्रशिक्षित व्यक्ति भएको उल्लेख गरेका छन्।

 

पहलगाम आक्रमणका पछाडि हात रहेको भनिएका पाकिस्तानी आतंककारी हाशिम मुसा र अली तल्हा को हुन्?

 

हाशिम मुसा: पहलगाममा भएको आक्रमणका मुख्य अपराधीहरू मध्ये एक मानिएकाे छ । उनलाई पाकिस्तानी नागरिक हाशिम मुसा उर्फ ​​सुलेमानको रूपमा पहिचान गरिएको छ। उनलाई गत वर्षदेखि जम्मू कश्मीरमा सक्रिय र सुरक्षा बल र गैर-स्थानीयहरूमाथि कम्तिमा तीन आक्रमणमा संलग्न भएको सुरक्षा अधिकारीहरूकाे दाबी छ।

 

अली तल्हा: इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार, अली तल्हा पनि लगभग दुई वर्षदेखि कश्मीर उपत्यकामा सक्रिय छन्। मुसा पछि उपत्यकामा आइपुगेका थिए र श्रीनगर शहरको बाहिरी भागमा रहेको दाचिगाम जंगलमा सक्रिय थिए।

 

भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी जम्मू कश्मीरकाे स्थितिको समीक्षा गर्न कश्मीर पुगेका छन् । सशस्त्र स्टाफ प्रमुख (सीओएएस) ले जम्मू कश्मीरको सुरक्षा अवस्थाको विस्तृत समीक्षा गर्ने बताइएकाे छ।

 

भारतले बिहीबार (अप्रिल २४, २०२५) पाकिस्तानलाई सिन्धु जल सन्धि तत्काल स्थगित राख्ने आफ्नो निर्णयको बारेमा जानकारी गराएको छ र पाकिस्तानले सन्धिका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाएको छ।

 

भारतका जलस्रोत सचिव देबाश्री मुखर्जीले आफ्ना पाकिस्तानी समकक्षी सैयद अली मुर्तजालाई सम्बोधन गरिएको पत्रमा जम्मू र कश्मीरलाई लक्षित गर्दै पाकिस्तानले निरन्तर सीमापार आतंकवाद गरिरहेकोले सिन्धु जल सन्धि अन्तर्गत भारतको अधिकारमा बाधा पुर्‍याएको बताएकी छिन्।