थप रणनीति बनाउन शिक्षक महासंघको बैठक जारी


काठमडौं । नेपाल शिक्षक महासंघको बैठक बसिरहेको छ ।
नयाँ बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप भएपछि थप रणनीति तय गर्न महासंघको बैठक बसिरहेको हो ।
‘अहिले बैठक जारी छ,’ महासंघ महासचिव तुलाबहादुर थापाले भने ।
२६ दिनदेखि शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन् । शान्तिपूर्ण आन्दोलन गर्दै आएकोमा आइतबार भने झडप भएको थियो ।