Ad Image

अदालतको अवहेलनामा गगन थापालाई सर्वोच्चले सोध्यो, ‘किन कार्बाही नगर्ने’

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745927445.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई अदालतको अवहेलना गरेको आरोपमा सर्वोच्च अदालतले स्पष्टिकरण सोधेको छ । सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा बोलेको आरोपमा अदालतले महामन्त्री थापालाई किन कार्बाही नगर्ने भन्दै लिखित जवाफ माग गरेको हो ।


कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले महामन्त्री थापालाई लिखित जवाफ माग्ने आदेश गरेको हो ।

 

महामन्त्री थापाले केही दिनअघि एक कार्यक्रममा ५२ जना संवैधानिक पदाधिकारीहरुको मुद्दा ‘सर्वोच्च अदालतले डिल गरेको’ भन्ने अभिव्यक्ति दिएका थिए ।