आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै, शिक्षकका मागबारे निर्णय गर्ने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बुधबार साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको एक मन्त्रीले नेपाल जानकारी दिए ।
शिक्षक आन्दोलनका विषयमा विभागीय मन्त्रालयले केही दिनदेखि गरेको वार्ताका विषयमा ठोस निर्णय गर्ने गरी बैठक बस्न लागेको आंकलन गरिएको छ ।
सरकारसँग वार्ता र आन्दोलन दुवै गरिरहेको नेपाल शिक्षक महासंघले केही माग मन्त्रिपरिषद्बाटै टुङ्गाउनुपर्ने र केहीमा केही माग संसदबाट टुङ्गाउनुपर्ने भएकोले पहिले मन्त्रिपरिषद्बाट टुङ्गाउनुपर्ने विषयहरु टुंगेमा परीक्षा सञ्चालनसहितका विषयमा सकारात्मक भएको प्रष्ट पारेको छ ।