Ad Image

रेशम लिन सीके राउतसहितका नेता डिल्लीबजार पुगे

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1746012975.PNG

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई छुटाउन जनमत पार्टीका अध्यक्ष सीके राउतसहितका नेताहरू डिल्लीबजार पुगेका छन् ।


सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका उनलाई लगत्तै डिल्लीबजार कारागार लगिएको थियो ।


तर, उक्त पत्र अनधिकृत भएको पाइएसँगै सर्वोच्चले अर्को पत्र लेख्दै छाड्न भनेको थियो ।


सोही अनुसार उनलाई अहिले रिहा गर्न लागिएको हो । उक्त विषयमा सर्वोच्च प्रशासनले आन्तरिक छानबिन गरिरहेको छ ।