Ad Image

छुट्टाछुट्टै स्थानमा एक पुरुष र एक महिला मृत फेला

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1746022760.jpg

पाल्पा । पाल्पाको माथागढी गाउँपालिका र रम्भा गाउँपालिकामा एक पुरुष र एक महिला मृतावस्थामा फेला परेका छन् ।


आज दिउँसो माथागढी गाउँपालिका–४ झडेवास्थित खोल्सामा सोही ठाउँका ४९ वर्षीय रेशमराज सार्की मृतावस्थामा फेला परेका छन् । सार्की पाँच दिनअघि आफन्तको घरमा गएको र मङ्गलबार आफन्तको घरबाट फर्किएको भनिए पनि साँझ अबेरसम्म घर नपुगेपछि परिवारले खोजतलास गरेका थिए ।


खोजतलास गर्ने क्रममा आज दिउँसो जङ्गलमा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनील मल्लले जानकारी दिए । उनका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानपछि शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ ।


त्यसैगरी रम्भा गाउँपालिका–३ राम्दीस्थित कालीगण्डकी नदीको खोंचमा एक महिला मृतावस्थामा फेला परेकी छन् । बगनासकाली गाउँपालिका–६ दर्पुककी ३४ वर्षीया गङ्गा माझी मृतावस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।


दर्पुक माइती घर भएकी माझी बगनासकाली–५ मानबहादुर दर्लामीको घरमा डेरा लिइ बस्दै आएकी थिइन् । मृतावस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबरलगत्तै प्रहरी चौकी राम्दी र जिल्ला प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शव परीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा पठाइएको छ । दुवै घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।