Ad Image

जनकपुरधाममा मधेश बालिका सम्मेलन सुरु

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1746023712.jpg

जनकपुरधाम । सक्षम बालिकाः समृद्ध मधेश मुलनाराका साथ मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबारदेखि मधेश बालिका सम्मेलन २०८२ सुरु भएको छ ।


मधेश प्रदेश सरकारको खेलकुद तथा समाजकल्याण मन्त्रालयको समन्वयमा बाल विवाह विरुद्ध प्रदेशस्तरीय संजाल मधेश प्रदेशको आयोजनामा सुरु भएको बालिका सम्मेलनको एक कार्यक्रमबिच मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले उद्घाटन गरे ।


कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जयसवालले बाल बालिकाहरूको हक अधिकार सुनिश्चित्ताका लागि निमार्ण भएका ऐन कानुनहरूको प्रभावकारी कार्यान्वयन हुनु पर्नेमा जोड दिए । उनले समाज रूपान्तरणको सवालमा प्रदेश सरकारले दृढताका साथ कामकाजलाई अगाडि बढाएको भन्दै बालिकाहरूको हकअधिकारका लागि प्रदेश सरकारले मधेश प्रदेशमा बालिका संरक्षण ऐन ल्याएको बताए।


उनले बालिका संरक्षण ऐनको कार्यान्वयनका लागि महाअभियान स्वरूप प्रदेश सरकारले अगामी आर्थिक वर्षबाट बेटी जिन्दावाद कार्यक्रम सञ्चालन गर्न लागेको बताए । उनले बालविवाह, भागिविवाह, दहेजप्रथा, बोक्सी प्रथा जस्ता कुरीतिहरूको कारण मधेश प्रदेश बदनाम हुने गरेको भन्दै यस्ता कुरीतिहरूको विरुद्धमा हामी सबै लाग्नुपर्नेमा उनले जोड दिए । उनले समाज रूपान्तरणको सवालमा तिनै तहका सरकारले विभिन्न खालका कानूनहरू निमार्ण गरेको भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि राज्यका साथसाथै सरोकारवाला सबैको सहयोग आवश्यक भएको बताए ।


किशोरी समुह सिराहाका किशोरी गुन्जाकुमारी ठाकुरको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेशसभाको महिला, बालबालिका तथा जेष्ठ नागरिक समितिका संयोजक रूपा यादव, नीति तथा योजना आयोग मधेश प्रदेशका सदस्य रिना यादव, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साह सहितकाले बालबालिकाको अधिकार सुनिश्चित्ताका लागि निमार्ण भएका कानुनहरूको प्रभावकारी कार्यान्वयन आवश्यक भएको बताए । लाइफ नेपाल, हाम्रो प्रयास, सखी, महिला सचेतना समुह, दलित विकास मञ्च, मुक्ति नेपाल र परिकल्पना नेपाल सह आयोजक रहेको उक्त सम्मेलनमा मधेश प्रदेशको आठवटै जिल्लाका किशोरीहरूको सहभागिता रहेको छ ।


कार्यक्रममा बालविवाह, भागी विवाह, दहेज प्रथा तथा भेदभाव विरुद्ध इजोत नामक मञ्चान गरिएको थियो । दुई दिनसम्म चलने उक्त सम्मेलनमा किशोरीहरूको हक अधिकारको सवालमा विभिन्न सत्रमा विभिन्न प्रकारका छलफल पश्चात जनकपुरधाम घोषणापत्र जारी गर्दै बिहीबार सम्मेलन सम्पन्न हुने लाइफ नेपाल जनकपुरधामका अध्यक्ष सुरैत ठाकुरले बताए ।