Ad Image

ऐन जारी नभए अझ कडा आन्दोलन गर्ने चेतावनीसहित शैक्षिक हड्ताल स्थगित

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1746027645.PNG

काठमाडौं । शिक्षक महासंघले गत चैत २० गतेदेखि सुरु गरेको आन्दोलन स्थगित गरेको छ । महासंघ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सरकारसँग ९ बुँदे सहमति भएपछि शैक्षिक हड्ताल स्थगित गरेको बताएका हुन् ।

 

उनले शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई विद्यालयमा फर्किएर नियमित कक्षा सञ्चालन गर्न अनुरोध समेत गरेका छन् । उनले परीक्षा र भर्ना अभियानमा संलग्न हुन समेत आग्रह गरेका छन् ।

 

अध्यक्ष सुवेदीले तोकिएको समयभित्र ऐन जारी नभए अहिलेको भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।