Ad Image

सुनको मूल्य ४ हजार ६ सयले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1746079146.jpg

काठमाडौं । आज सुनको मूल्यमा भारी गिरावट आएको छ । बिहीबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँले कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

 

बिहीबार चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले घटेको छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।