जसपा नेपालकी नेता सिंहले पेस्तोल पड्काउँदै नाचेको भिडियो भाइरल, प्रहरीले थाल्यो अनुसन्धान


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा. बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
बुधबार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले अनुसन्धान सुरु गरेको हो ।
पेस्तोल पड्काउँदै नाचेको भिडियो भाइरल भएपछि यसबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीले सिंहलाई प्रहरी कार्यालयमै बोलाएको छ ।
सामाजिक सञ्जालमा यति बेला भाइरल भएको भिडियोमा सिंहसँगै अन्य मानिसहरु पनि नाचिरहेको देखिन्छ । सिंहले नाच्दै पेस्तोल पड्काएको र धुवाँ उडेको समेत भिडियोमा देखिएको छ ।