Ad Image

बजेट अधिवेशनबाट ९ विधेयक पारित गर्ने सरकारको घोषणा, के के हुन् ?

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746191711.jpg

काठमाडौं । सरकारले संसदको चालु अधिवेशनबाट ९ वटा कानुन बनाउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गर्दै यही अधिवेशनबाट ९ विधेयक पारित गर्ने बताएका हुन् ।

 

राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रममा यही अधिवेशनबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयक, विद्यालय शिक्षा विधेयक, नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्राएर सेवा प्रदायक र नियामक छुट्टाउने विधेयक, सङ्घीय निजामती सेवा विधेयक, ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक, भूमिसम्बन्धी विधेयक पारित गर्ने बताएका हुन् ।

 

सरकारले भूमिसम्बन्धी अध्यादेश जारी गरे पनि सत्तारुढ दलहरूबीच नै मतैक्यता नभएपछि सङ्घीय संसद् सचिवालयमा दर्ता गरेर अघि नबढाई होल्डमा राखिएको थियो । त्यही बेलै अध्यादेशलाई विधेयक बनाइ नियमित प्रक्रियाबाट पास गर्ने बताएको सरकारले नीति तथा कार्यक्रममा यही अधिवेशनबाट सो विधेयक पारित गर्ने घोषणा गरेको हो ।

 

बजेट अधिवेशन सामान्यतया नीति तथा कार्यक्रम पारित प्रि–बजेट छलफल र बजेट पारितमा केन्द्रित हुने गर्दछ। तर सरकारले यो बजेट अधिवेशनबाटै ९ वटा विधेयक पारित गर्ने घोषणा गरेको हो ।