Ad Image

हेटौंडामा रोकिराखेको भ्यान जमिनमुनि भासिएर बेपत्ता, बेलैमा भागेर बाँचे चालक र सहचालक

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746256045.PNG

काठमाडौं । हेटौंडाको गैरीगाउँमा सडक भासिएर पिकअप भ्यान बेपत्ता भएको छ । शुक्रबार अपराह्न ना४च ४८३३ नम्बरको बलेरो गाडी सडक भासिएर जमिनमुनि हराएको हो ।

 

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ सिमाना नजिकै गैरीगाउँमा रोकिएको गाडी जमिनमुनि भासिएपछि सडकमा पानीको दह बनेको छ । तर अहिलेसम्म गाडी भने भेटिएको छैन ।

 

जमिन भासिन थालेपछि गाडीका चालक र सहचालक भ्यानबाट निस्किएर भागेर ज्यान बचाएकाे प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । गाडी भासिएको ५ सेकेन्डमै हराएको प्रत्यक्षदर्शीले बताएको प्रहरीले जनाएको छ ।

 

गाडी डुबेको नजिकै रहेको माछापालनका लागि भनेर खनेको बोरिङ पनि केही भासिएको छ। बोरिङका कारण जमिन भासिन पुगेको अनुमान लगाइएको छ ।