Ad Image

रेशम चौधरी पक्राउ प्रकरणबारे सांसदले मागे प्रधानमन्त्रीको जवाफ, नदिए सरकार छोड्ने चेतावनी

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746426075.jpg

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेको विषयमा सांसदले प्रधानमन्त्रीको जवाफ मागेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद लालवीर चौधरीले प्रधानमन्त्रीले मंगलबारको बैठकमा नै उक्त घटनाका बारेमा जवाफ दिनुपर्ने बताए ।

 

उनले रेशम चौधरी पक्राउ परेको विषयमा प्रधानमन्त्रीले जवाफ नदिए नागरिक उन्मुक्ति पार्टीले सरकार छोड्ने चेतावनी समेत दिएका छन् । 

 

चौधरीले भने, ‘वैशाख १७ गते नाउपा र जनमत पार्टीको एकता प्रक्रिया अघि बढिरहेका बेला सांसद रेशम चौधरीलाई अपहरण गरेर डिल्लीबजार पुर्‍याइयो । जुन पुर्जीका आधारमा उहाँलाई पक्राउ गरियो त्यसलाई फर्जी भनिएको छ । तर सरकारले जवाफ दिएको छैन । प्रधानमन्त्रीले भोलीको बैठकमा जवाफ दिनुभएन भने हामी सरकार छाड्न बाध्य हुन्छौ ।’